Comments Add Comment

इन्जुरी टाइममा गोल खाँदा युभेन्ट्स पराजित, उपाधिको पर्खाइ लम्बियो

९ साउन, काठमाडौं । लिग लिडर युभेन्ट्स इटालियन सिरी एमा उडिनेसीसँग पराजित हुँदा उपाधिको पर्खाइ लम्बिएको छ । उडिनेसीलाई पराजित गरेको भए युभेन्ट्सले ३ खेल अगावै लिग उपाधि पक्का गर्ने थियो ।

तर सुरुवाती अग्रता लिएपनि इन्जुरी टाइममा गोल खाँदा युभेन्ट्स उडिनेसीसँग २-१ ले पराजित भएको हो । उडिनेसीलाई पुरनागमन जित दिलाउन साको फोफानाले इन्जुरी टाइमको दवस्रो मिनेटमा निर्णायक गोल गरे ।

उडिनेसीको घरेलु मैदानमा भएको खेलमा माथिस डे लिटले ४२औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्ट्सले अग्रता लिए पनि दोस्रो हाफमा घरेलु टोली उडिनेसीले दुई गोल फर्कायो ।

५२औं मिनेटमा लिजा नेट्रोभ्स्कीले उडिनेसीका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा बराबरीतर्फ अग्रसर हुँदा फोफानाले इन्जुरी टाइममा गोल गर्दै उडिनेसीलाई ३ अंक दिलाए ।

यस हारपछि लगातार नवौं लिग उपाधि जित्ने लक्ष्यमा रहेको युभेन्ट्सले उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ । ३५ खेलबाट ८० अंकसहित युभेन्ट्स शीर्ष स्थानमा छ भने समान खेलबाट ७४ अंकसहित एटलान्टा दोस्रो स्थानमा छ ।

उडिनेसी ३५ खेलबाट ३९ अंक जोड्दै १५औं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment