+
+
Shares

सर्लाहीमा २ बालिका पोखरीमा मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते ९:१६

११ साउन, जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिकामा बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् ।

ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत फेला परेका हुन् ।

उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी सुरु गरेका थिए । खोजतलासको क्रममा स्थानीय प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको उनले बताए । दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइसकिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रवक्ता कुँवरले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?