Comments Add Comment

डा. केसीले राखे ३ माग, ३ हप्तामा पूरा नगरे अनशन बस्ने चेतावनी

११ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ३ वटा माग राख्दै तीन सातामा पूरा नगरे सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिगठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसको पढाइ सुरु गर्न, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर भएको नियुक्रि सच्याउन माग गर्दै केसीले सत्याग्रहको चेतावनी दिएका हुन् ।

जुम्लामा रहेका केसीले जारी गरेको विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको आरोप लगाउँदै तत्काल अनुमति प्रदान गर्न माग गरिएको छ ।

त्यस्तै कैलालीको गेटा मेडिकल कलेज र दाङाके राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठन पाठन गराउन पनि माग गरेका छन् । प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि केसीले माग गरेका छन् ।

त्यस्तै केसीले चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० सिट कायम गर्न पनि माग गरेका छन् ।

चिकित्सा शिक्षा अध्ययन संस्थानमा सरकारले वरिष्ठता मिचेर डा. दिव्यासिंह शाहलाई डीन बनाएकामा पनि केसीले विरोध जनाएका छन् । उनले विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि परासर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुसार निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्तिको कानूनी व्यवस्था गर्न माग गरेका छन् ।

डा. केसीले कोरोनाको विश्वब्यापी महामारीका बेला जनतालाई राहत पु¥याउनुको सट्टा भ्रष्टाचार गरेर आफ्नै मन्त्री र कार्यकर्तालाई धनी बनाउन सरकार लागेको आरोप लगाएका छन् ।

‘यातायात सहज नभएका कारण देशभर हजारौं मानिसहरु अस्पताल पुग्न नसकेका कारण उपचार नपाएर छटपटाइरहेका छन् र कोरोना महामारीले भन्दा कैयौं गुणा बढी मानिस अरु कारणले मरिरहेका छन्’ केसीले भनेका छन् ।

अस्पताल आउनेले पनि अचाक्ली महंगो भाडाा तिरेर गाडी रिजर्भ गर्नुपरेको भन्दै केसीले खाली रहेका सरकारी गाडी प्रयोग गरेर दूरदराजका बिरामीलाई सेवा दिन माग गरेका छन् ।

‘यस्तो अवस्थामा कोभिड महामारीको उचित व्यवस्थापन र जवाफदेहिता माग गर्दै हाल अनशनमा रहेका युवाहरुको अभियानमा हाम्रो समर्थन र ऐक्यवद्धता छ’ केसीले भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment