Comments Add Comment

राजविराजमा कोरोनाको अर्काे लहरो, न्यायाधीश पनि संक्रमित

११ साउन, सप्तरी । कोरोना संक्रमणबाट मृत्यु भएका राजविराज–६ का ७२ बर्षीय बृद्वको कट्याक ट्रेसिङका क्रममा २९ जना संक्रमित भेटिए । संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने र संक्रमण भए नभएको खोजी भइरहेको छ ।

राजविराजमै अर्काे लहरो पनि देखापरेको छ र, न्यायाधीशमा पनि संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ बर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

७ साउनमा उच्च सरकारी वकिल कार्यालयका प्रमुख सहसचिवमा संक्रमण पुष्टि भएको थियो । ४३ बर्षीय उनको सम्पर्कमा आएका न्यायाधीश तथा कर्मचारीको पहिचान गरी स्वाब संकलन गरिएको थियो । त्यसक्रममा न्यायाधीशमा संक्रमण देखियो ।

अन्यको रिपोर्ट भने आउन बाँकी छ ।

‘यो अर्काे लहरो हो’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव भन्छन्, ‘उच्च सरकारी वकील कार्यालयका प्रमुखमा देखिएको कोरोना संक्रमण मृतक बृद्व र उनको सम्पर्कसँग सम्बन्धित छैन ।’

यो लहरोको पनि संक्रमणको स्रोत भेटिएको छैन । ‘हामी यो श्रोत पनि पत्ता लगाइरहेका छौं’ उनले भने, ‘हामीले सरकारी वकील कार्यालय, न्यायाधीशको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गर्दैछौं ।’

न्यायाधीशबाहेक राजविराज ६ स्थित वडा कार्यालयमा कार्यरत एक जना प्रहरी जवान पनि संक्रमित देखिएका छन् । ३४ बर्षीय प्रहरी जवान संक्रमित भएको स्रोत पनि पत्ता लाग्न सकेको छैन ।

आइतबार नै राजविराजका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ८ का २१ बर्षीय पुरुष, वडा नम्बर २ की उमेर खुल्न नसकेकी एक जना महिला र उमेर खुल्न नसकेका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु क्वारेन्टिनमा बसेकाहरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

एकै दिन २० संक्रमित फेला, जम्मा संख्या ४४७ पुग्यो

सप्तरीमा आइतबार न्यायाधीश, प्रहरीसहित २० जना कोरोना संक्रमित भेटिएका छन् । राजगढ गाउँपालिकामा ६ जना छन् । वडा नम्बर २ का २५ बर्षीय, वडा नम्बर ४ का ३० बर्षीय, २८ बर्षीय, ३० बर्षीय र २५ बर्षका २ जना पुरुष संक्रमण पुष्टि भएको हो ।

यस्तै, तिरहुत गाउँपालिकामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । वडा नम्बर २ का ३९ बर्षीय पुरुष, वडा नम्बर ३ का ३८ वर्षीय, वडा नम्बर ४ का २६ बर्षीय, वडा नम्बर ५ का २८ बर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १२ का २६ र २७ बर्षीय पुरुष तथा वडा नम्बर १ की उमेर खुल्न नसकेकी महिला संक्रमित पाइएका छन् ।

त्यस्तै, डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ का ३६ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको नतिजा पोजेटिभ आएको हो ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या ४ सय ४७ पुगेको छ । उनीहरु मध्ये ३१२ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment