
१२ साउन, धनगढी । कैलालीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका १ बैनियामा ना ६ ख ३२४० नम्बरको ट्रकको ठक्करबाट लम्कीचुहा नगरपालिकाका ६ पिपरकोटिकी २५ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको हो ।
सोमबार बिहान ट्रकले बोहोरा सवार से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाको विरोधमा मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बौनियामा सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
उनले ठक्कर दिने ट्रक र चालकलाई पनि नियन्त्रणमा लिइसकेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4