Comments Add Comment

अष्ट्रेलियाको भिक्टोरियामा एकैदिनमा भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

१२ साउन, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमितहरु फेला परेका छन् ।

आइतबार भिक्टोरियामा ५३७ नयाँ संक्रमित फेला परेका हुन् । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले सोमबार आइतबार भिक्टोरियाको लागि महामारी सुरु भएयताकै सबैभन्दा खराब दिन रहेको बताएका हुन् ।

आइतबार भिक्टोरियामा कोरोना भाइरसको कारण ६ जनाको मृत्यु भएको थियो । यससँगै यो राज्यमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ । अष्ट्रेलियाभर अहिलेसम्म कोरोना भाइरसको कारण १६१ जनाको मृत्यु भइसकेको छ ।

अष्ट्रेलियाको मेलबर्न र मिचेल शायरमा ६ साता लामो लकडाउन गरिएको भए पनि भिक्टोरियामा निरन्तर कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । उक्त क्षेत्रमा लकडाउन सुरु भएको तीन साता भइसकेको छ । प्रिमियर एन्ड्रयुजका अनुसार संक्रमित भएर पनि काममा जाने कर्मचारीको कारण कोरोना भाइरसका नयाँ संक्रमित बढेका हुन् ।

भिक्टोरियाका केही स्याहार केन्द्रहरुमा पनि कोरोना भाइरसका संक्रमित फेला पर्न थालेका छन् । अहिलेसम्म स्याहार केन्द्रहरुमा ६८३ बासिन्दा र कर्मचारीहरु संक्रमित भेटिएका छन् ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment