+
+
Shares

पोखरा विश्वविद्यालयको परीक्षा भदौ अन्तिमदेखि

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते ११:३१

१२ साउन, काठमाडौं । पोखरा विश्वविद्यालयले नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ ।

भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने विश्वविद्यालयद्वारा सूचनामा उल्लेख छ ।

लामो दुरीका गाडीहरू भदौदेखि मात्रै खुल्ने र विद्यार्थीहरू देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने विश्वविद्यालयले जनाएको छ ।

सूचनामा परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाईने जनाएको छ ।

सरकारले भदौदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विश्वविद्यालयले परीक्षा सञ्चालनको तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?