+
+

इरानले उडाइदियो अमेरिकाको नक्कली युद्धपोत

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते ११:३१

१४ साउन, काठमाडौं । इरानले अभ्यासको क्रममा अमेरिकी युद्धपोतको डमी उडाइदिएको छ । यो घटना रणनीतिक हिसाबमा निकै महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुजमा भएको हो । यो घटनामा निस्किएको आगोको कारण अमेरिकी सैनिकले आफ्ना दुई क्षेत्रीय बेसलाई अलर्ट गरेका थिए ।

यद्यपि अमेरिकी जलसेनाले इरानको यो अभ्यासलाई गैरजिम्मेवारी र लापरवाही गरिएको बताएको छ । अमेरिकी जलसेनाका अनुसार इरानको तर्फबाट यो भड्काउने र कारबाहीको लागि बाध्य गराउने किसिमको कदम रहेको बताएको छ ।

इरान र अमेरिकाबीच तनाव बढ्दै गएको अवस्थामा इरानले आफ्नो अभ्यास शुरु गरेको हो । इरानको यो अभ्यासलाई ‘प्रोफेट मोहम्मद १४ औं’ नाम दिइएको स्थानीय टेलिभिजनले बताएका छन् । अमेरिकाको उक्त डमी युद्धपोतमा डमी फाइटर विमान पनि राखिएको थियो ।

उक्त डमी युद्धपोतमा हेलिकप्टरबाट पनि मिसाइल हानिएको थियो, जुन युद्धपोतको किनारामा लागेको थियो । अमेरिकी सेनाले यो अध्यासमा ब्यालेस्टिक मिसाइलबाट फायरिङ्ग गरिएपछि यूएई र कतारमा रहेको अमेरिकी एकाइलाई पनि अलर्ट गरिएको बताएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?