Comments Add Comment

रिसर्च : भिटामिन डिको कमी हुँदा कोरोनाको जोखिम बढी

कोरोना भाइरसको सक्रमण प्रतिदिन बढ्दो छ । यसलाई पूर्णत नियन्त्रण गर्ने प्रयासहरु अहिलेसम्म सफल भइसकेको छैन । वैज्ञानिकहरु कोरोना भाइरस विरुद्धको खोप एवं औषधिको खोजमा जुटेकमा छन् ।

त्यसो त विश्वमा जति व्यक्ति कोरोनाबाट प्रभावित भएका छन्, त्यसमध्ये अधिकांश निको भएर घर फर्किएका छन् । कतिपयले भने कोरोनाकै कारण ज्यान गुमाइरहेका छन् । आवश्यक सर्तकता अपनाएको अवस्थामा कोरोनाको जोखिमबाट बच्न सकिन्छ । त्यसैगरी रोग प्रतिरोधी क्षमता उच्च भएकाहरु पनि यसको जोखिममा छैनन् । यद्यपि दीर्घ रोगीहरु, उच्च रक्तचाप, मधुमेह, मोटोपन, हृदय रोग, मिर्गौला रोगी, क्यान्सर, क्रोनिक डिजिज आदिका समस्या झेलिरहेकाहरुलाई कोरोनाको बढी जोखिम छ । यद्यपि हालैको एक नयाँ शोध अनुसार कोरोनाको जोखिम ति व्यक्तिलाई बढी छ, जसमा भिटामिन डिको कमी छ ।

भिटामिन डि र कोरोनाबीच के सम्बन्ध ?

बार इलान विश्वविद्यालयका ल्यूमिट हेल्थ सर्भिसेस (एलएचएस) र एलरीली फ्याकल्टी अफ मेडिसिनका इजरायली शोधकर्ताका अनुसार भिटामिन डिको कमी हुँदा कोरोना भाइरसको संक्रमण हुने जोखिम उच्च छ ।

भिटामिन डिको कमीको संकेत

भिटामिन डिको कमी हुँदा थकान अनुभव हुन्छ । हड्डीमा दुखाई महसुष हुन्छ । मांसपेशी कमजोर हुन्छ र दुख्छ । चिन्ता एवं तनाव बढ्छ ।

भिटामिन डिको स्रोत

भिटामिन डिको प्राकृतिक स्रोत घामको किरण हो । घामको किरणबाट हाम्रो शरीरले भिटामिन डि प्राप्त गर्छ । त्यसैले दिनहुँ कम्तीमा २० मिनेट घामको सम्पर्कमा आउदा भिटामिन डिको पूर्ति हुन्छ । त्यसैगरी माछा, दुध, अन्डा, च्याउ जस्ता खानेकुराबाट पनि भिटानि डि प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment