+
+

रियाविरुद्ध सुशान्तका पिताको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते ११:२४

नायक सुशान्त सिंह राजपुतको निधनपछि मुम्बई प्रहरीले थुप्रै बलिउडकर्मीको बयान लिइसकेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बयान पनि प्रहरीले लिइसकेको छ ।

तर, अब यो घटनाले नयाँ मोड लिएको छ । सुशान्तका पिता केक सिंहले रियाविरुद्ध पटना प्रहरीमा उजुरी दिएका छन् । उनले, सुशान्तलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको भन्दै उजुरी दिएका हुन् ।

पटन प्रहरीले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, चारजनाको समुह मुम्बई पठाइएको छ । उनीहरुले महत्वपूर्ण प्रमाणहरु संकलन गर्ने प्रहरीले गरेको छ ।

सुशान्तसँग प्रेम सम्बन्धमा रहेको समयमा रियाको प्रेम निर्देशक महेश भट्टसँग पनि रहेको चर्चा भारतीय मिडियामा हुने गरेको छ । आफूविरुद्ध उजुरी परेपछि रियाले आफ्नो वकिलसँग भेटघाट गरेकी छिन् ।

नायक सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?