Comments Add Comment

काठमाडौं आउन पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि

१४ साउन, काठमाडौं । धादिङमा आँखाको उपचार गर्न काठमाडौं आउने तयारीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

आँखाको उपचार गराउन काठमाडौं आउनुपर्ने भएपछि कोरोना संक्रमण परीक्षण गराएइका ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिव रानाले बताए ।

‘निलकण्ठका ४७ वर्षीय पुरुषले काठमाडौंमा आँखाको अप्रेसन गराउन जानुपर्ने भन्दै स्वाब संकलन गराउनु भएको थियो । उहाँको रिपोर्ट पनि पोजेटिभ आएको छ । उहाँको परिवार र सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको छ’ उनले टेलिफोनमा भने ।

ती व्यक्ति पछिल्लो समय गाउँमै बसिरहेका रानाले बताए ।

मंगलबार धादिङको नीलकण्ठ नगरपालिकाका ५, सिद्धलेक गाउँपालिका र खनियाबास गाउँपालिकाका एक/एक जना गरी ७ जनामा कोरोना संक्रमण भएको छ ।

जनस्वास्थ्य निरीक्षक शिव रानाका अनुसार नीलकण्ठका बाँकी ४ संक्रमितमा एक जना होम क्वारेन्टिनमा बसेका र ३ जना क्वारेन्टिनमा बसेकाहरु हुन् ।

यसैगरी सिद्धलेक–४ का ३२ वर्षीय पुरुष र खनियाबास–२ का २३ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए ।

सिद्धलेकका पुरुष दुबईबाट आई नागेश्वरी आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएका सिद्धलेक गाउँपालिकाका सिनियर अहेब रामप्रसाद सिलवालले जानकारी दिए ।

संक्रमण पुष्टि भएकाहरुलाई निलकण्ठ नगरपालिका–३ मा रहेको वन डिभिजन कार्यालयको भवनमा बनाइएको आइसोलेसनमा लैजाने तयारी भइरहेको जनस्वास्थ्य निरीक्षक रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment