Comments Add Comment

भारतमा नयाँ शिक्षा नीति : ५ कक्षासम्म मातृ भाषामा पढाइ

शिक्षा मन्त्री रमेश पोखरियाल

१५ साउन, काठमाडौं । भारतले नयाँ शिक्षा नीति लागु गरेको छ । नयाँ शिक्षा नीति अनुसार अब पाँच कक्षासम्म मातृ भाषामा पढाइ हुने छ । विदेशी भाषाको पढाइ माध्यमिक तहबाट हुने छ ।

भारतको ‘केन्द्रीय मानव संसाधन विकास मन्त्रालय’को नाम परिवर्तन गरेर ‘शिक्षा मन्त्रालय’ नाम राखिएको छ । केन्द्रीय मानव संसाधन विकास मन्त्री रमेश पोखरियाल अब शिक्षा मन्त्री हुनेछन् । पोखरियालले नयाँ शिक्षा नीति २०२० लाई मन्त्रिपरिषदबाट पारित भएको जानकारी दिएका छन् ।

नयाँ शिक्षा नीतिमा पाँच कक्षासम्म मातृभाषा, स्थानीय वा क्षेत्रीय भाषाको माध्यमबाट पढाइ हुने उल्लेख छ । त्यसलाई कक्षा आठ वा त्योभन्दा माथिल्लो कक्षासम्म पनि निरन्तरता दिन सकिने छ । विदेशी भाषाको पढाइ भने माध्यमिक तहबाट सुरु हुने छ । यद्यपि नयाँ शिक्षा नीतिमा कुनै पनि भाषालाई नथोपरिने उल्लेख छ ।

हाल शिक्षाबाट बन्चित दुई करोड बालबालिकालाई मूलधारमा ल्याइने छ । त्यसका लागि विद्यालयको ढाँचा र नयाँ शिक्षा केन्द्रहरुका स्थापना गरिने छ । नयाँ प्रणालीमा १२ वर्षको विद्यालय शिक्षा हुनेछ भने तीन वर्षको प्री–प्राइमेरी कक्षालाई राखिएको छ । अघिल्लो चरणमा तेस्रो, चौथो र पाँचौं कक्षालाई राखिएको छ ।

त्यसपछि मिडिल स्कुल अर्थात् ६–८ कक्षामा विषयको परिचय गराइने छ । सबै विद्यार्थीले केवल ३, ५ र ८ कक्षामा परीक्षा दिने छन् । १० र १२ कक्षाको बोर्ड परीक्षा पहिलेकै जस्तै जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment