Comments Add Comment

३३ केभी प्रसारण लाइनको तार चुडिएर करेन्ट लाग्दा वृद्धाको मृत्यु

१५ साउन, रौतहट । ३३ केभी प्रसारण लाइनको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गौर–४ की ७० वर्षीया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काट्ने क्रममा करेन्टको चपेटामा परेकी थिइन् । सोही स्थानमा करेन्ट लागेर दुई साँढेको समेत ज्यान गएको छ ।

गौर–चन्द्रपुर जोड्ने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसेको थियो । स्थानीयवासीका अनुसार उनीहरुले नेपाल विद्युत प्राधिकरणको गौर शाखा र सबगढामा रहेको सबस्टेशनमा समेत फोन गरेर जानकारी दिन खोजेका थिए । पटक–पटक फोन गर्दा पनि दुवै कार्यालयको फोन कसैले नउठाउँदा महिलालाई करेन्ट लागेर ज्यान गएको स्थानीयले बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण ज्यान गएको भन्दै स्थानीयले लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment