+
+
Shares

करेन्ट लागेर गुल्मीमा इलेक्ट्रिसियन घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते ७:०३

२१ असोज, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा जम्पर जोड्ने क्रममा करेन्ट लागेर एक जना इलेक्ट्रिसियन घाइते भएका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–२ घर भई हाल हर्राचौर बस्दै आएका ३७ वर्षीय देवबहादुर राना जम्पर जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका हुन् ।

शान्तिपुर सामुदायिक विद्युतीकरण उपभोक्ता समितिमा इलेक्ट्रिसियनका रूपमा कार्यरत रानालाई उपचारका लागि शान्तिपुरस्थित सिएनसी अस्पताल लगिएको थियो । सामान्य उपचारपछि थप उपचारका लागि उनलाई पाल्पास्थित मिसन अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। घाइते रानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रकोटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?