
१५ साउन, विराटनगर । कोसी अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार बिहीबार ओपीडी इञ्चार्जसहित दुई जनामा संक्रमण पुष्टि भएको हो ।
ओपीडी इञ्चार्जसहित दुई जनामा संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
दुईजना स्वास्थ्यकर्मीमा संक्रमण देखिएका कारण अर्काे सूचना जारी नभएसम्मका लागि ओपीडी सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।
कन्ट्याक ट्रेसिङ तथा सेनिटाइजमा खटिने कर्मचारी लगायत अन्य स्वास्थयकर्मीको कोरोना परीक्षणका लागि ओपिडी सेवा बन्द गरिएको उनले बताए । उनीहरुको नमुना परीक्षणपछि मात्रै ओपीडी सेवा सुरु गर्ने उनले बताए ।
विराटनगरमा सातजना थपिए
बिहीबार विराटनगरमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरिक्षक हैदर अलीका अनुसार सात जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये दुई जना कोसी अस्पतालका कर्मचारी हुन् ।
विराटनगर– ३ का २ जना र विराटगर ११ का १ जना रहेको उनले बताए । अन्य दुई जनाको भने विवरण खुलिसकेको छैन ।
प्रतिक्रिया 4