+
+
Shares

काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १५ गते १७:१३

१५ साउन, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २÷२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंका ४१ जना संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १३ जना, शिक्षण अस्पतालमा ४ जना, नेपाल प्रहरी अस्पतालमा ३ जना र स्टार अस्पतालमा २ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका २ जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका २ जनामा संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?