+
+
Shares

पाँच तारेमा पल–पूजाको रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १२:४४

नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ कहिले रिलिज हुन्छ, टुंगो छैन । यो चलचित्र कोरोना भाइरसका कारण देशभर लकडाउन भएपछि रिलिज हुन सकेको थिएन ।

लकडाउन भएपछि घरमै रहेका नायिका पूजा शर्मा र नायक पल शाह अब एउटा म्यूजिक भिडियोमा एकसाथ देखिने भएका छन् । प्रमोद खरेलको आवाजमा रहेको एक गीतको भिडियोमा पल र पूजा देखिन लागेका हुन् ।

यी दुइलाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना तत्काल पुरा नभएपनि भिडियोमा एकसाथ हेर्ने चाहना भने केही दिनमै पुरा हुनेछ ।

दर्शकले चलचित्रको पर्दामा एकसाथ रुचाएकाले पनि यो जोडीलाई म्यूजिक भिडियोमा प्रस्तुत गर्न लागिएको हो । काठमाण्डौको पाँच तारे होटल याक एन्ड यतीमा भिडियोको केही अंशको छायांकन भयो ।

नायक पल शाहले आफ्नो करिअर अगाडि बढाउनमा नायिका पूजा शर्माको भूमिका विशेष रहेको सुनाए । नायिका पूजा शर्माले पनि पल शाहसँग काम गर्दा आफूलाई सहज महशुश हुने बताइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?