Comments Add Comment

कालीकोटको पलातामा पहिरोमा परी एकजनाको मृत्यु

१६ साउन, सुर्खेत । कालीकोटको पलाता गाउँपालिकामा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन । गाउँपालिकाको वडानम्बर-८, दाम्रीका २४ वर्षीय कमल रोकायको मृत्यु भएको हो ।

शुक्रबार बिहान ८ बजे कुलो मर्मत गर्ने क्रममा माथिबाट आएको पहिरोले पुरिएर रोकायको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए ।

एसएसपी बास्तोलाका अनुसार सोही पहिरोमा परी दुईजना घाइते भएका छन । पलाता-८, दाम्रीकै ६० वर्षीय पूर्ण रोकाय र २६ वर्षीया नैना रोकाय घाइते भएका छन् । उनिहरुको अवस्था सामान्य रहेका र उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment