Comments Add Comment

अनलाइन स्विमिङ्ग लेभल १ कोर्स सम्पन्न

१८ साउन, काठमाडौं । नेपाल ट्रायथोलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स सम्पन्न भएको छ ।

कोर्समा ट्रायथोलन र पौडीसँग सम्बन्धित २५ प्रशिक्षकहरुले सहभागिता जनाएका थिए । प्रशिशक्षार्थीहरुलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गरेका थिए ।

कोभिड-१९ का कारण खेल गतिविधि ठप्प भइरहेको अवस्थामा प्रशिक्षकहरुलाई पौडी सम्बन्धी ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तर वृद्धि गर्न संघले निकै नै महत्वपूर्ण भूमिका निर्वाह गरको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुले बताए ।

प्रशिक्षक लिले पौडी प्रशिक्षण सम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्बन्धी बिशेष ज्ञान प्रदान गरेका थिए ।

प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीहरुको स्तरवृद्धि गर्नसमेत ठूलो सहयोग पुग्ने संघको विश्वास रहेको छ ।

प्रशिक्षणको अन्तिम दिन समापनमा यस कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्ष युजिन लि र प्रशिक्षार्थी प्रशिक्षकहरुलाई धन्वाद प्रदान गरे । उनले यस कार्यक्रमलाई संचालन गर्न विशेष भूमिका खेल्नु हुने संघका महासचिव युवराज सुनुवारलाई विशेष धन्यवाद प्रदान गरे । प्रशिक्षार्थीहरुले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीहरुको स्तरवृद्धि गर्न निर्क मद्धत पुग्ने र आगामी दिनमा नयाँ खेलाडीहरु उत्पादन गर्न मद्धत पुग्ने बताए ।

वर्ल्ड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स संचालन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment