Comments Add Comment

कास्कीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

१९ साउन, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा सोमबार दिउँसो भएको जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जिप चालक मुस्ताङ घर भएका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पोखरा-बाग्लुङ राजमार्गको नयाँपुलबाट घान्द्रुकतर्फ खाद्यान्न लिएर गएको ग२च २८१७ नम्बरको जिप दिउँसो १:३० बजेको समयमा वडा नम्बर १० को क्लिउ भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । घटनास्थलबाट शव परीक्षणका लागि पोखरा ल्याउने तयारी भइरहेको प्रनाउ हमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment