Comments Add Comment

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि

अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टिनमा

२० साउन, रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचार गराइरहेका एक जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा अस्पतालमा उपचाररत कपिलवस्तुका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तुका संक्रमित आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर सोमबार साधारण बेडमा सरेका थिए ।

निमोनियाको उपचार गर्न आएका २२ वर्षीय ती पुरुषको रिपोर्ट पोजेटिभ आएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई क्वारेन्टिनमा पठाइसकिएको सूचना अधिकारी डा. गौतमले बताए ।

तिलोत्तमा र स्याङ्जाका पुरुषमा पनि कोरोना

प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा रुपन्देहीको तिलोत्तमा र स्याङ्जाका एक–एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका संक्रमित विदेशबाट आएका हुन् । उनी पनि आफैं पीसीआर परीक्षण गराउन आएका थिए । संक्रमितहरु सबैलाई आइसोलेसनमा राखेर उपचार थालिएको डा. गौतमले बताए ।

यसैगरी तिलोत्तमाका संक्रमित कपिलवस्तुमा औषधि लिएर गएको समयमा मेडिकलका सञ्चालकका छोरीहरुमा कोरोना संक्रमण भएको थाहा पाएपछि आफ्नो पीसीआर परीक्षण गराउन अस्पताल आएका थिए ।

तीन जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सबै निकायहरुमा जानकारी गराएर कन्ट्याक्ट ट्रेसिङको काम अघि बढिसकेको अस्पतालका सूचना अधिकारी डा. गौतमले बताए । अस्पताललाई सेनिटाइज्ड गरेर सबै सेवा सुरु गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment