+
+
Shares

बाँकेमा शनिबारसम्म लम्ब्याइयो निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १७:४२

२० साउन, काठमाडौं । बाँके जिल्लाभर आइतबारदेखि जारी निषेधाज्ञा शनिबारसम्मका लागि लम्ब्याइएको छ ।

कोराना भाइरस (कोभिड-१९)का संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले निषेधाज्ञा ४ दिन लम्ब्याएको हो ।

पछिल्ला समय बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण देखिन थालेकोले यसको फैलावटलाई रोक्नका लागि थप ४ दिन निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय, बाँकेका सूचना अधिकारी सहायक प्रजिअ दीर्घराज उपाध्यायले जानकारी दिए ।

उनले भने, ‘सरकारी कर्मचारी, जनप्रतिनिधिलगायत ट्राभल हिष्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिएकोले निषेधाज्ञा लम्ब्याइएको हो ।’

निषेधाज्ञाको अवधिमा जिल्लाभर स्वास्थ्य,सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दूध, फोहरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि पसल, खाद्यान्न र तरकारी आपूर्ति जस्ता अत्यावश्यक सेवाहरु मात्रै सञ्चालन गर्न पाइनेछ ।

यस्तै, एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी र निलो (कूटनीतकि) प्लेटका सवारी साधनहरु, लामो दुरीका मालबहाहक गाडी, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरु र अनुमति प्राप्त सवारीलाई मात्रै सञ्चालन गर्न पाइने प्रशासनले जनाएकोछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?