Comments Add Comment

देवदहमा बैंक कर्मचारीमा कोरोना संक्रमण

२० साउन, बुटवल । रुपन्देहीको देवदहमा एक बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा गरिमा विकास बैंकको देवदह खैरेनी शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

बैंककी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैँकको शाखा कार्यालय बन्द गरी कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले जानकारी दिए ।

कोरोना संक्रमित कर्मचारी पाँच दिनदेखि रुघा र ज्वरो आएपछि बिदामा रहेकी थिइन् । उनी आफैँ सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा गएर कोरोना परीक्षण गरेको उक्त बैंककी देवदह शाखा प्रमुख कविता शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment