+
+
Shares

स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते २०:२३

२० साउन, बुटवल । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका वडा नं. १ पकडीका ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

भारतबाट नेपाल आउदै गरेका उनलाई वबशेष सूचनाका आधारमा मायादेवी गाउंपालिका वडा नं. ४ ठकुरापुर गोब्ली बगैंचाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।

पक्राउ परेका सोनारको साथबाट १ हजार रुपैयाँका १२ गड्डी र ५ सय रुपैयाँका नोटका ८ गड्डी बरामद गरेको उनले बताए ।

पक्राउ परेका सोनार र १६ लाख रुपैयाँ सुठौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए । सोनारले नेपालबाट भारततर्फ सुनको अवैध कारोवार गर्दै आएको प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?