+
+
Shares

कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ

पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका–९ घर भएका ६२ वर्षीय दुर्गाबहादुर तामाङ छन् । उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट संखुवासभाले चैनपुर खाम्लिङबाट शनिबार पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभाको चैनपुर नगरपालिका–९ का ६२ वर्षीय दुर्गाबहादुर तामाङलाई २२ चैत २०६१ मा भएको हत्या मुद्दामा २१ वर्षपछि पक्राउ गरिएको छ।
  • उनीलाई उच्च अदालत धनकुटाले १७ असार २०६९ मा २ वर्ष कैदको फैसला सुनाएको थियो।
  • उनीलाई अदालतको फैसला कार्यान्वयनका लागि संखुवासभा कारागार चलान गरिएको छ।

८ असार, काठमाडौं। कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका–९ घर भएका ६२ वर्षीय दुर्गाबहादुर तामाङ छन् । उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट संखुवासभाले चैनपुर खाम्लिङबाट शनिबार पक्राउ गरेको हो ।

२२ चैत २०६१ मा भोजपुरको जरायोटार–४ बस्ने ३६ वर्षीय पर्शुराम विक हत्यामा उनी जोडिएको बताइएको छ ।

उच्च अदालत (तत्कालीन पुनरावेदन) धनकुटाले १७ असार २०६९ मा उनलाई २ वर्ष कैदको फैसला सुनाएको थियो ।

पक्राउ परेका उनलाई अदालतमार्फत फैसला कार्यान्वयनका लागि संखुवासभा कारागार चलान गरिएको संखुवासभा प्रहरीका प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?