
१४ असार, हेटौंडा । मवकानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान ५ बजेको समयमा बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबामाथि धारिलो हतियार खुर्पा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बेतिनीस्थितमा स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी बाराको निजगढ नगरपालिका–३ सिंगोल बस्ने ३५ वर्षीय कुमार थापाले खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
डीएसपी अर्यालका अनुसार गम्भीर घाइते वाइबाको आज बिहान करिब ८ बजे उपचारका क्रममा बेतिनी स्वास्थ्य चौकीमै मृत घोषणा गरिएको थियो । उनको शव हेटौंडा अस्पताल पठाइएको छ ।
थापाले वाइबामाथि खुर्पा प्रहार गरेपछि कोही नजिक आए मार्ने धम्की दिएर गाउँमा आतंक फैलाएका थिए ।
घटनास्लथलमा खटिएका इलाका प्रहरी कार्यालयका फापरबारीका इञ्चार्ज प्रहरी निरीक्षक पावलसिंह लामाको टोलीले आरोपित थापालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4