+
+
Shares

बैंकिङ कसुरमा साढे २ करोड बराबरका ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–२ का ४७ वर्षीय खड्गबहादुर कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट आइतबार पक्राउ गरेको हो । उनीविरुद्ध पाँच वटा बैंकिङ कसुरका मुद्दा रहेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खड्गबहादुर कार्कीलाई पक्राउ गर्यो।
  • उनीविरुद्ध पाँच वटा बैंकिङ कसुरका मुद्दा रहेका थिए।
  • उनी फरार रहेका थिए र विभिन्न प्रहरी कार्यालयमा मुद्दा दर्ता भएका थिए।

१५ असार, काठमाडौं । बैंकिङ कसुरमा साढे २ करोड रुपैयाँ बराबरको ६ वटा मुद्दा दर्ता भएका फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–२ का ४७ वर्षीय खड्गबहादुर कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट आइतबार पक्राउ गरेको हो । उनीविरुद्ध पाँच वटा बैंकिङ कसुरका मुद्दा रहेको पाइएको छ ।

एउटा बैंकिङ कसुरको मुद्दामा उनी दोषी ठहर समेत भएका थिए । २२ फागुन २०८० मा काठमाडौं जिल्ला अदालतले उनलाई १० दिन कैद र २० लाख जरिवाना हुने फैसला परेको थियो ।

यो बाहेक उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा पाँच वटा बैंकिङ कसुरका मुद्दाको उजुरी रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

परिसर काठमाडौंमा उनीविरुद्ध १२ जेठ २०८२ मा एक करोड २८ लाख रुपैयाँ बराबरको बैंकिङको मुद्दा रहेको खुलेको छ ।

त्यस्तै परिसर काठमाडौंमै २४ मंसिर २०८० मा ८० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा रहेको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा ४ मंसिर २०८१ मा ४ लाख, प्रहरी वृत्त मालिगाउँमा १२ चैत २०७९ मा २ लाख ५० हजार र प्रहरी वृत्त मालिगाउँमै ८ फागुन २०७९ मा २० लाखको बैंकिङ कसुर मुद्दा रहेको पाइएको छ ।

यी सबै मुद्दामा उनी फरार हुँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?