+
+
Shares

कैलालीमा ८० वर्षीया वृद्धाको हत्या, अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको जानकी गाउँपालिका–९ अमरावतीमा ८० वर्षीया मातादेवी शाहीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला पर्‍यो।
  • प्रहरीले प्रारम्भिक अनुसन्धानमा मृतकाको छाती र घाटीमा चोट देखिएको र तालिमप्राप्त कुकुरको प्रयोग गरिएको जानकारी दिए।
  • घटनाको थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि शव टीकापुर अस्पतालमा राखिएको छ।

१७ असार, धनगढी । कैलालीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा एक वृद्धाको शव फेला परेको छ ।

जानकी गाउँपालिका–९ अमरावतीमा ८० वर्षीया मातादेवी शाहीको हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

शाहीको शव बिहान सवा ८ बजेको समयमा उनको दुई तले घरको सुत्ने कोठामा फेला परेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

उनकाअनुसार शाही एक्लै बस्ने दुई तले घरको माथिल्लो तलामा सुत्ने कोठाको खटियामा मृत अवस्थामा उनी भेटिएकी हुन् ।

प्रारम्भिक अनुसन्धानमा उनको छातीमा धारिलो हतियार प्रहार गरिएको तथा घाटीमा समेत चोट देखिएको डीएसपी सिंहले बताए ।

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ तर अहिलेसम्म घटनाबारे कुनै तथ्य फेला पर्न सकेको छैन ।

घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?