Comments Add Comment

युनेस्कोको प्रतिनिधिले गरे खोकना–बुङ्मतीको अवलोकन

२१ साउन, काठमाडौं । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का प्रतिनिधिले खोकना र बुङ्गमतीको पुरातात्विक क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

काठमाडौं तराई मधेश द्रुतमार्ग, बाहिरी चक्रपथ, बागमती करिडोर लगायतका परियोजनाहरूले आफूहरूलाई उठीबास लगाएको भनेर खोकना र बुङमतीबासी आन्दोलित भईरहेका बेला बुधबार युनेस्को र आईएलओका प्रतिनिधि त्यस क्षेत्रमा पुगेका हुन ।

विभिन्न परियोजनाले ऐतिहासिक सम्पदा समेत नष्ट गर्न लागेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् ।

कुदेश, जुगुनीचा, चखुतीर्थ, देवः, जन्मद्वार, प्रञा गुठी, मछिन्द्र गुठी, कुमारी ख्य लगायतका क्षेत्रमा स्थलगत भ्रमण गरेको स्थानीय कृष्ण डंगोलले जानकारी दिए । भ्रमणपछि उनीहरूले स्थानीयसँग अन्तर्क्रिया गरेका थिए ।

‘हाम्रो समस्या सम्बोधनका लागि युनेस्को र आईएलओकोतर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्’ डंगोलले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment