Comments Add Comment

वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

२२ साउन, वीरगञ्ज । वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका वीरगञ्ज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २२ गते साँझ नारायणी अस्पताल अन्तर्गतकाे कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको गण्डक कोभिड अस्पालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

‘दुई दिन अगाडी साँझतिर भर्ना हुनुभएको थियो, स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि गएरातिबाट भेन्टिलेटरमा राखेर उपचार गर्दै थियौं । बिहान मृत्यु भयो,’ उनले भने, ‘अपरान्ह पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment