+
+
Shares

फुटवल हेर्न गएका दुई किशोर दरौंदी नदीमा बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते २०:२१

२२ साउन, गोरखा । दरौदी नदी तर्ने क्रममा गोरखामा बिहीबार दुई किशोर बेपत्ता भएका छन् । पालुङटार नगरपालिका–१ खुर्पाजुङका १५ बर्षीय प्रज्वल श्रेष्ठ र अन्दाजी १६ बर्षका सविन श्रेष्ठ वेपत्ता रहेको प्रहरीले जनाएको हो ।

‘गोरखा नगरपालिका- ३ बेनिखोलामा भएको फुटबल खेल हेर्न भनेर चार जना गएका रहेछन्,’ डीएसपी वासुदेव खतिवडाले भने, ‘दिउँसो करिव साढे तीन बजेतिर दरौदी नदी तर्ने क्रममा दुइ जनालाई बगाएछ ।’

सिरानचोक गाउँपालिका–४ चिसापानीधारा नजिकैबाटै दरौदी नदी तर्ने क्रममा उनीहरुलाइ बगाएको उनले बताए । उनीहरुको खोजी कार्य जारी रहेको डीएसपी खतिवडाले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?