काठमाडौं । इंग्लिस प्रिमियर लिगका क्लबहरूले आगामी सिजन पनि पाँच खेलाडी परिवर्तनको नियमलाई निरन्तरता दिने प्रस्तावको विपक्षमा मत दिएका छन् । अब एक खेलमा सब्सिच्युटका रूपमा ती खेलाडी मात्र परिवर्तन हुनेछन् ।
कोरोना भाइरस महामारीको कारण स्थगित भएको फुटबल फेरि सुरु गर्दा फिफाले पाँच खेलाडी परिवर्तन गर्न पाउने अन्तरिम नियम बनाएको थियो । त्यसअनुसार २०१९-२० को सिजनका बाँकी खेलहरुमा ५ खेलाडी परिवर्तन गर्ने नियम लागू भएको थियो ।
यस्तै प्रिमियर लिगले नयाँ सिजन एउटा क्लबको बेन्चमा बढीमा ७ खेलाडी रहन पाउने गरी मतदान गरेको छ ।
साथै फिफा भिएआर प्रोटोकल अन्तर्गत भिएआर पनि प्रिमियर लिगले स्वीकृत गरेको छ ।
प्रतिक्रिया 4