Comments Add Comment

पलकी फ्यान उषा

नेपालमा पनि टिकटकको बढ्दो प्रयोगसँगै नयाँ–नयाँ प्रतिभाहरुले म्यूजिक भिडियोमा अवसर पाइरहेका छन् । टिकटकमा राम्रो फलोअर्स भएका र प्रतिभा भएकाहरु अहिले म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् ।

टिकटकमा साढे ८ लाख भन्दा बढी फलोअर्स बटुलेकी झापाकी उषा उप्रेती पनि अहिले म्यूजिक भिडियोमा व्यस्त हुन थालेकी छिन् । उनले अभिनय गरेको ‘माया गरौंला’ बोलको गीतको म्यूजिक भिडियो बिहिबार मात्र सार्वजनिक भएको छ ।

सानैबाट चलचित्रको नायिका बन्ने सपना बोकेकी उषा टिकटक नभएको भएपनि आफू यो क्षेत्रमा आउने बताउँछिन् । तर, टिकटकले गर्दा केही चाडो आफू यो क्षेत्रमा आएको उनको तर्क छ । उषाले आफू नायक पल शाहको ठूलो फ्यान भएको बताइन् । पलसँगै म्यूजिक भिडियोमा काम गरेकी उषाले भनिन्–‘पललाई पहिलो पटक भेट्दा मेरो मुटुको ढुकढुकी बढेको थियो । उहाँसँग काम गर्दा निकै खुशी लागेको छ ।’

पलले आफ्नो कामको तारिफ गरेपछि दंग परेकी उषा पलको सहयोगी बानी, नम्र स्वभाव मन परेको बताउँछिन् । उषा भन्छिन्–‘मैले चलचित्र क्षेत्रमा जाने बारे सोचेकी छु । तर, यसका लागि धेरै तयारी गर्नुपर्छ ।’

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment