Comments Add Comment

कोरोना संक्रमितको संख्या बढेकामा राष्ट्रपति चिन्तित

साउन २३ गते, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हालैका दिनमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन् ।

शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु सँगको भेटमा उनले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नुपर्ने बताइन् ।

कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको भन्दै राष्ट्रपति भण्डारीले बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायका श्रमिकले रोजगारी गुमाउनुपरेकामा चिन्ता व्यक्त गरिन् ।

उपप्रधानमन्त्री पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराएका राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment