+
+
Shares

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन मूल्य भने तोलामा ९ सयले सस्तियो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १२:०७

२५, साउन, काठमाडौँ । चाँदीको प्रतितोला मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको भाउ भने अघिल्लो कारोबार दिनको तुलनामा तोलामै ९ सय रुपैयाँले सस्तिएको छ । गत शुक्रबार प्रतितोला एक लाख तीन हजार पाँच सय कारोबार मूल्य तोकिएको सुनको भाउ आईतबार एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको हो ।

झण्डै दुई सातादेखि निरन्तर बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउमा आईतबार समान्य गिरावट आएको हो । आइतबारकालागि महासंघको तेजावी सुनको भाउ १ लाख २ हजार एक सय रुपैयाँ तोकेको छ भने चाँदीको भाउ पाँच रुपैयाँ प्रतितोलामा बढेर १४ सय १० रुपैयाँ पुगेको छ ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य १४ सय ५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो । चाँदीको आइतबारका लागि तोकिएको मूल्य पनि हालसम्मकै सबै भन्दा उच्च भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटका कारण भाउ घटेको महासंघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?