Comments Add Comment

बेरुतमा विष्फोटपछि बढ्यो कोरोना संक्रमण

२६ साउन, काठमाडौं । लेबनानमा आइतबार कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । लेबनानको बेरुतमा भएको विष्फोटपछि लेबनानमा कोरोना भाइरसका संक्रमितको संख्या पनि बढेको हो ।

आइतबार लेबनानमा कोरोना भाइरसका २९४ नयाँ संक्रमित थपिएका हुन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै मुलुकभर कोरोना भाइरसका समग्र संक्रमितको संख्या ६ हजार ५१७ पुगेको छ ।

एक साता पहिला लेबनानमा औसतमा कोरोना भाइरसका १५५ नयाँ संक्रमित फेला पर्दै आएका थिए । तर, एक साताभित्रै लेबनानमा दैनिक कोरोना भाइरसका संक्रमितको संख्या दोब्बर पुगेको छ । लेबनानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७६ पुगिसकेको छ । लेबनानका स्वास्थ्य विशेषज्ञले मंगलबार बेरुतमा विष्फोट भएपछि लेबनानमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने आशंका व्यक्त गरेका थिए । मंगलबार भएको उक्त विष्फोटमा कम्तीमा दुई सयको मृत्यु भएको थियो ।

बेरुतमा भएको विष्फोट र कोरोना भाइरसको संक्रमणका कारण बेरुतका अस्पतालहरुमा अहिले बिरामीको चाप अत्याधिक छ  ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment