+
+
Shares

सिराहाका ८ र सप्तरीका ४ गरी १२ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १२:५२

२७ साउन, जनकपुरधाम । सिराहाका ८ र सप्तरीका ४ गरी कुल १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिराहाको एकै वडाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुखीपुर नगरपालिकाको वडा नम्बर ९ का ४२, २८, २६, २९, २२, २१ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाको वडा नम्बर २ मा २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो नगरपालिकाको वडा नम्बर ६ का ३४ वर्षीय, वडा नम्बर ९ का २७ वर्षीय, वडा नम्बर १० का ३० वर्षीय र वडा नम्बर १२ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?