Comments Add Comment

पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेका सुब्बाको निधन

२७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमले प्रतिस्पर्धा गरेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी इन्द्र सिंह सुब्बाको निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गंगालाल अस्पतालमा उपचारका क्रममा रहेका सुब्बाको ८४ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।

अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले सामाजिक सञ्जालमा सुब्बाको निधन भएको पुष्टी गर्दै आफू स्तब्ध भएको भएको जनाउँदै श्रद्धान्जली व्यक्त गरेका छन् ।

सुब्बाले सन् १९६२ मा नेपालले तत्कालिन पाकिस्तान हाल बंगलादेशमा भएको आँगा खा गोल्डकपमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

सेन्टर फरवार्डको ऐमिका खेलेका उनी त्यो पुस्ताको राम्रो खेलाडी रहेको त्यस बेला टिममा रहेका अर्का सदस्य शालिकराम अधिकारीले बताए ।

‘उहाँ धेरै राम्रो खेलाडी हुनुहुन्थयो । उहाँहरुको एउटा टिम नै थियो । योङ् गोर्खा एसोसिएसन टिमबाट खेल्नुहुन्थ्यो’ अधिकारीले सम्झिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment