
२७ साउन, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठान परिसरभित्र कोरोना संक्रमण देखिएको भन्दै भोलि बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय भएको अस्पतालका सहायक निर्देशक डा. विकास साहले जानकारी दिए ।
कोरोना संक्रमणका कारण स्थानीय सरकारले समेत सात दिन पूर्णरुपमा बन्द गरेको अवस्था र प्रतिष्ठान परिसरभित्र समेत कोरोना संक्रमण देखिाएकाले संक्रमण फैलिन नदिन र रोकथामका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरिएको प्रतिष्ठानले मंगलबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4