+
+
Shares

सगरमाथा सरसफाई अभियान गिनिज वर्ल्ड रेकर्डमा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १६:५४

२७ साउन, काठमाडौं । १४ अप्रिल देखि २९ मे २०१९ सम्म चलेको ‘सगरमाथा सरसफाई अभियान’ गिनिज वर्ल्ड रेकर्ड बनेको छ । यो अभियानलाई गिनिज वर्ल्ड रेकर्डले ‘वृहत सरसफाइ अभियान’का रुपमा मान्यता दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् ।

यो अभियान वृहत सरसफाई अभियानका रुपमा गिनिज वर्ल्ड रेकर्ड बनेको हो । गत वर्ष सगरमाथामा गरिएको यो अभियानका दौरान १० हजार ३ सय ८६ किलो फोहोर संकलन गरिएको थियो ।

मन्त्रालय तथा पर्यटन विभागको विभागको तालिम प्राप्त एक दर्जन शेर्पा यो अभियानमा खटिएका थिए । यसमा नेपाली सेना, स्थानीय तह तथा अन्य सरोकारवाला खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?