
२७ साउन, बुटवल । जिल्ला प्रशासन कार्यालय बाँकेले पुनः तीन दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
यसअघि स्थानीय प्रशासनले आइतबारदेखि लागु हुने गरी मंगलबार (आज) राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रजिअ कुरुम्बाङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4