Comments Add Comment

रुसले विकास गरेको भ्याक्सिन पुटिनकी छोरीमा परिक्षण

२७ साउन, काठमाडौं । रुसले कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि तयार भएको मंगलबार घोषणा गरेको छ । राष्ट्रपति भ्यादमिर पुटिनले यसको औपचारिक घोषणा गर्दै आफ्नी एक छोरीले सो खोप प्रयोग गरिसकेको समेत बताएका छन् ।

उनले भने, ‘मेरी वयस्क छोरीले नै यसको परीक्षणमा भाग लिएकी छिन् । उनलाई भ्याक्सिनको दुई डोज दिइएको छ ।’

पुटिनका अनुसार भ्याक्सिन लगाउँदा उनकी छोरीको शरीरको तापक्रम १००.४ डिग्री फरेनहाइट थियो । त्यसको भोलिपल्ट तापक्रम घटेर ९८.६ डिग्री कायम भयो । दोस्रो भ्याक्सिनपछि छोरीको तापक्रम सामान्य अवस्थामा आएको उनले बताए ।

‘अहिले उनले आराम महसुस गरिरहेकी छन् र एन्टिबडीहरु उच्च संख्यामा छन्’ उनले थपे ।

पुटिनका दुई छोरीहरु मारिया र क्याटेरिया छन् । उनीहरुमध्ये कुन छोरीलाई भ्याक्सिन दिएको हो भन्ने पुटिनले खुलाएका छैनन् ।

रुसले बनाएको भ्याक्सिनका विषयमा बाँकी विश्वले भने सन्देह व्यक्त गरिरहेको छ । भ्याक्सिनलाई तीन चरणमा परिक्षण गरिएपछि मात्र ढुक्क हुन सकिने विज्ञहरुले बताएका छन् । पुटिनले भने यो भ्याक्सिन कोरोनाविरुद्ध प्रभावकारी सावित भइसकेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment