+
+
Shares

कृष्णनगरबाट साढे २४ लाख भारु बरामद

टोपराज शर्मा टोपराज शर्मा
२०७७ साउन २८ गते ११:०१

२८ साउन,बुटवल । कपिलवस्तुको कृष्णनगरमा भारतबाट अवैध रुपमा भित्राइएको साढे २४ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान सो रकम बरामद गरेको हो । भारतबाट आएका एक व्यक्तिले सेनिटाइजर र औषधिको पोकामा लुकाएर सो रकम ल्याएका थिए ।

दशगजाभन्दा ५० मिटरभित्र नेपाली क्षेत्रमा गरिएको जाँचका क्रममा शुरुमा ती व्यक्तिले झोला खोलेर सेनिटाइजर र औषधि भन्दै गस्तीमा रहेको सशस्त्रको टोलीलाई झुक्याउन खोजेका थिए ।

तर सशस्त्रको टोलीले शंका लागेर झोलामा हेर्न थालेपछि ती व्यक्ति रकमसहितको झोला छोडेर भारततर्फ फरार भएको सशस्त्र प्रहरी बल नम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्म कृष्णनगरका गुल्मपती प्रहरी नायब उपरीक्षक सुशील कुमार शाहीले बताए ।

बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी (३९ लाख २० हजार रुपैयाँ) रहेको शाहीले बताए । बरामद रकम आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाइने उनले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?