+

१३ औं सागमा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीको डोपिङ पोजेटिभ

२०७७ साउन  २८ गते १२:५२ २०७७ साउन २८ गते १२:५२
१३ औं सागमा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीको डोपिङ पोजेटिभ

२८ साउन, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् ।

नेपालमा गत मंसिरमा भएको १३औं सागमा १०० मिटर हर्डल्समा स्वर्ण जितेका मुहम्मद नहिम र ४०० मिटर हर्डल्समा स्वर्ण जितेका मेहबुब अलीको स्याम्पल ए टेष्टमा पोजेटिभ भेटिएको थियो ।

यस्तै वाडाले स्याम्पल बी टेष्टको लागि आग्रह गर्दा दुवै जनाको फेरि पोजेटिभ देखिएको र खेलाडीहरुले पनि त्यसलाई स्वीकारेको हुँदा दुवै खेलाडी २०१९ डिसेम्बर २ देखि २०२३ डिसेम्बर २ सम्को लागि निल्मबन गरिएको नेपाल ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै उनीहरुको मेडल पनि खोसिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । दुवै खेलाडीले निषेधित पदार्थ सेवन गरेको र कतारको एन्टी डिवङ ल्याबमा टेष्ट गरिएको थियो ।

यस्तै १०० मिटर दौडमा कांस्य जितेका सामी उल्लाहको पनि स्याम्प ए टेष्टमा पोजेटिभ आएको र तर स्याम्पल बी टेष्ट भने गरेका छैनन् ।

ए स्याम्पल मात्रै टेष्ट गरेका सामी उल्लाह पनि निलम्बनमा परेका छन् र उसको पनि पदक खोसिएको छ । उनले ए स्याम्पलमै डोपिङ स्वीकारेका थिए ।

पाकिस्तानी खेलाडी स्वर्ण

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय