Comments Add Comment

अस्पतालमा मृत्यु भएका धादिङका युवकमा कोरोना पुष्टि

२८ साउन, काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका-१४ धुवाँकोटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु रिजालका अनुसार उनी साउन २४ गते रुघाखोकी र ज्वरो आएपछि नजिकै रहेको गनेडाँडा स्वास्थ्य चौकीमा उपचारका लागि गएाक थिए ।  स्वास्थ्य चौकीका इन्चार्ज बालकृष्ण गुरुङले उनको उपचार गराएर केही औषधि पनि दिएर थप उपचारको लागि जिल्ला अस्पताल धादिङमा पठाइदिए ।

उनी साउन २५ गते जिल्ला अस्पताल धादिङ आए । उनलाई जिल्ला अस्पतालमा उपचारपछि स्वाब संकलनको लागि काठमाडौं पठाइयो । उनी काठमाडौं आएपछि साउन २७ गते मंगलबार धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

सोही दिन उनको स्वाब संकलन गरियो । ज्वरो र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि उनको उपचारकै क्रममा मृत्यु भयो । उनको मृत्यु भइसकेपछि कोरोना  संक्रमण पुष्टि भएको हो ।

अहिले उनलाई उपचार गर्ने जिल्ला अस्पताल र धुवाँकोटको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूलाई परिवारको सम्पर्कमा नजान भनिएको छ ।

नीलकण्ठका जनस्वास्थ्य अधिकृत रिजालका अनुसार उनी क्षयरोगको बिरामी थिए । धादिङ मण्डली यातायातको गाडीधनी र चालकसमेत रहेका उनी धुवाँकोटबाट धादिङबेसीसम्म यात्रु र सामान ओसारपसार गर्थे ।

सदरमुकाम क्षेत्रमा निषेधाज्ञा

एक जना कोरोना संक्रमितको मृत्यु भएपछि धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा निषेधाज्ञा जारी गरिएको छ ।

बुधबार ललितपुरको ह्याम्स अस्पतालमा धादिङ धुवाँकोटका एक जना पुरुषको मृत्यु भएको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसार कोरोना संक्रमितको मृत्यु भएपछि बुधबार राति १२ बजेदेखि भदौ ३ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

‘कालुपाण्डे राजमार्गको आसपासका क्षेत्र र सदरमुकाम धादिङबेसीमा ३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ’ ढुंगानाले अनलाइनखबरसँग भने ‘उनले नियमित गाडी चलाउँदै आएको पाइएको छ । उनलाई कुनै संकेत नदेखिएको भए पनि कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment