Comments Add Comment

वीरगञ्जमा मृत भेटिएका बाराका युवकमा कोरोना संक्रमण पुष्टि

२८ साउन, वीरगञ्ज । वीरगञ्जको सडकमा मृत फेला परेका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बारा घर भएका एक पुरुष शवको नमुना संकलन गरी परीक्षण गर्दा पीसीआर परीक्षण रिपोर्ट आएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुवँरका अनुसार ठाकुर मंगलबार दिउँसो करिब साढे ३ बजे मृत अवस्थामा फेला परेका थिए । वीरगञ्ज–१६ नगवा स्थित सामुदायिक प्रहरी कार्यालय नजिकै बाटोमा उनी मृत फेला परेपछि घटनास्थल जाँच मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाईएको र त्यही स्वाब नमुना संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि शव व्यवस्थापनका लागि बारामा नेपाली सेनालाई आग्रह गरिएको छ ।

अत्याधिक मदिरा सेवन गर्ने उनलाई घर परिवारले खासै वास्ता नगर्ने गरेको पाईएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment