Comments Add Comment

म्यूजिक भिडियोमा कथा खोज्दै निर्देशक

नेपाली सांगीतिक बजारमा अहिले २ प्रकारका भिडियोको निर्माण भैरहेको छ । एक भाइरल गीत र मोडल राखेर चर्चामा आउने । दोश्रो भिडियोमा गीतको भाव अनुसार गम्भिरता खोज्ने ।

हुनत, भाइरल गीत र मोडल राखेर युटुबमा भ्यूज र ट्रेन्डिङमा रमाउन चाहनेहरुको संख्या धेरै छ । गीतको भाव अनुसार भिडियोमा कथा खोज्ने निर्देशक र मेकर निकै कम छन् ।

निर्देशक निकेश खड्काले गायक सन्तोष लामाको आवाजमा तयार पारेको ‘डर छैन’ बोलको गीत सार्वजनिक भएपछि भने केही मेकरले भिडियोमा कथाको खोजी गर्न थालेका छन् ।

निकेश भन्छन्–‘मेरो विचारमा त भिडियोमा कथा नै आउनुपर्छ । कथाले दर्शकलाई जती तान्न सक्छ, त्यती नै राम्रो हो । भारतमा पनि केही बर्ष अगाडिसम्म कथा भनिएका भिडियोले बजार लिएको थियो । यो त कोशिश गर्ने कुरा रहेछ ।’

निकेश गीतको मर्मलाई भिडियोले वुझाउनुपर्ने बताउँछन् । भन्छन्–‘गीतले जती भनेको छ, त्यो भन्दा माथि भिडियो बन्नुपर्छ ।’ निकेशले आफूले कलाकार हेरेर भिडियो नबनाउने बताए । भने–‘म त कलाकार भन्दा पनि भिडियोमा कथा नै खोज्छु । कथा अनुसारको पात्र चयन गर्ने हो ।’

नेपालमा भिडियोमा कथा खोज्ने मेकर निकै थोरै रहेको उनको तर्क छ । अहिलेको समयमा भिडियो बनाउन सहज छैन । कलाकारले नै महंगो पारिश्रमिक लिइदिदा मेकरले महंगो खर्च गरेर गीत बनाउँछन् र २–४ दिन भ्यूज र ट्रेन्डिङमा रमाउँछन् । तर, गीतमा भाव खोज्ने हो भने त्यसलाई पनि दर्शकले मन पराउँछन् भन्ने उदाहरण विपिनले अभिनय गरेको गीतले प्रष्ट पार्दछ । लगानी मोडलमा मात्र होइन, गीत र भिडियो भन्ने मर्ममा अझै बढी गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment