+
+
Shares

सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १७:३५

३० साउन, जनकपुरधाम। संघीय सांसद डा. सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा. यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् ।

बाल रोग विशेषज्ञ डा. यादव आफू अहिले स्वस्थ्य रहेको प्रतिक्रिया दिए । अनलाइनखबरसँग कुरा गर्दै सांसद डा. यादवले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना सरेको बताए ।

‘ती बालकलाई सिरियस अवस्थामा उपचारका लागि ल्याइएको थियो । शुरुमा झाडापखाला लागेका बालकमा पछि निमोनिया पनि पुष्टि भएको थियो’ डा. यादवले भने, ‘पछि कोभिड जाँच गराउन भन्दा पोजेटिभ आयो ।’

उनले ती बालकलाई आफैंले उपचार गरेका कारण आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको बताए । ‘शंका लागेर नौ दिनअघिदेखि नै आइसोलेसनमा बसेर स्वाब जाँच गराउन दिएको थिएँ’ उनले भने, ‘शुरुमा एकदमै शरीर दुखेपनि अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?