Comments Add Comment

धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु

३० साउन, जनकपुरधाम । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर-४ का ५० वर्षीय पुरुष छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तर, यहाँबाट बिहीबार काठमाडौं रेफर गर्दा बाटोमै उनको मृत्यु भएको मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए । उनलाई बिहीबार दिउँसो १ बजे रेफर गरेको र ३ बजे नै मृत्यु भएको पाइएको झाले बताए ।

सर्लाहीमा पनि एकजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६५ वर्षीया महिलाको विस्तृत बुझ्ने काम भइरहेको उनले बताए ।

योसँगै प्रदेश २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ । साथै प्रदेशको आठ वटै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सबैभन्दा बढी पर्सामा १९, धनुषामा ७, बारामा ६, सप्तरीमा ३ तथा महोत्तरी, रौतहट र सिराहामा २/२ जना र सर्लाहीमा १ जनाको कोरोना संक्रमणले मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment