Comments Add Comment

रौतहटमा थप ७ दिन निषेधाज्ञा

३१ साउन, रौतहट । कोरोना भाइरस (कोविड-१९) को संक्रमण समुदायमा फैलिएको  भन्दै स्थानीय प्रशासनले रौतहटमा निषेधाज्ञा थप ७ दिन लम्ब्याएको छ ।

समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनले २४ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । यो अवधिमा कोरोना संक्रमित बढेको र संक्रमण थप फैलनसक्ने भन्दै प्रशासनले निषेधाज्ञालाई भदौ ७ गतेसम्म लम्ब्याएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपाी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, सव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र संचालनको अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार, बुधबार र शुक्रबार तीन दिन बिहान ६ बजे देखि ९ बजे सम्म स्वास्थ्य सुरक्षा सर्तकता अपनाउदै अत्यावश्यक खाद्यान्न सामग्रीका पसल संचालनको अनुमति दिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

पछिल्लो एक सातामै संक्रमितको संख्या बढेर ११४ पुगेको छ । संक्रमित बढेसँगै आइसोलेसन सेन्टरहरु पुुनः संचालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment